बिचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल

बिचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भए पनि कानून बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् ।

बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरू बुझ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठूलो कुरा होइन । हाम्रो देश कहाँ जान्छ भन्ने ठूलो कुरा हो । हाम्रो भाग्य, हाम्रो न्याउल्या गीत, हाम्रा होरी (होली), हाम्रा भूगोल जति राम्रा भए पनि त्यसलाई बचाउन पनि कानून बनाउने मान्छेले, संविधान लेख्ने, राज्य चलाउने मान्छेले लेखिदिएन भने त्यो बाँच्दैन, सकिन्छ ।’

उनले बिचौलियाका कारण हामीले खाने खानामा समेत राजनीतिको गन्ध आउने बताए । उनले चामल बनाउने बिचौलिया हुने र बिचौलियालाई प्रधानमन्त्री मन्त्रीले बचाउने बताए ।

‘कहिलेकाहीँ हामीले भात खाने बेला पनि राजनीतिको गन्ध आउँछ । किनभने त्यो चामल बनाउने पनि बिचौलिया हुन्छन् । बिचौलियालाई बचाउने पनि प्रधानमन्त्री मन्त्री हुन्छन्,’ उनले भने ।