देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेनः भीम रावल

देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेनः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भड् किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका छन् । सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना । यो मनन गर्नु भने उचित हुन्छ(केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’ रावलले ट्वीट गरेका छन् ‘अँझ सम्वृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन । पार्टी निर्णयले झनै मिल्दैन ।’

आइतबार प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर ६९ औं जन्मदिन मनाएका थिए । नेपालको नक्सा बनाएको केक काटिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोध भएको छ ।