काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य भीम रावलले गल्ती गर्नेलाई कारवाही गर्दा पद र पार्टी हेर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पद पार्टी, पृष्ठभूमि हेरेर कार्वाही गर्न नहुने बताएका हुन् ।
‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन । दोषीलाई नेपालको कानुनबमोजिम कारबाही गर्नुपर्छ,’ उनले भने, ‘बचाउन मन लागेको मान्छेलाई एउटा आवाज मन नलागेको मान्छेलाई अर्काे आजाव उठाउने गर्न मिल्दैन । नेपाली जनताले हामीलाई जुन विश्वास गरेर जनप्रतिनिधिको रूपमा सरकार सञ्चालन गर्न दिएका छन्, यसको सदुपयोग गर्न सक्नुपर्छ ।’
उनले राष्ट्रयको स्वाधिनता, अखण्डतालाई विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘सुदूरपश्चिमको दार्जुलाको लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतीयले बनाएको पुल भत्काएको कुरा त सुनेका छौँ’ उनले भने, ‘तर, त्यो क्षेत्रमा भारतले व्यापक सडक खनेको कुरा जनताले भनेका छन् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
देश सानो भए पनि कुनै देशको राष्ट्रियता सानो नहुने उनले जिकिर गरे । छिमेकी देशबाट संक्रमणको रूपमा फैलिएको कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकाले सरकारले तदारुकता देखाउनु पर्ने उनले बताए ।
‘चीनमा रहेको थोरै व्यक्तिलाई ल्याउँनसमेत सरकारलाई समस्या परेको थियो’ उनले भने, ‘कोरियामा नेपालीहरूको धेरै संख्या ठूलो छ । त्यसबाट हुने दुर्घटना हुनसक्छ । त्यस विषयमा बेलैमा सरकारले तदारुकता लिन आवश्यक हुन्छ ।’




प्रतिक्रिया