तत्काल स्थायी कमिटी बैठक बोलाउन भीम रावलको माग

तत्काल स्थायी कमिटी बैठक बोलाउन भीम रावलको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत सांसद रावलले अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा भएको तर तत्काल स्थायी कमिटीको बैठक बसेर यसको पक्ष र प्रभावको समीक्षा हुनुपर्ने बताएका हुन् ।

‘अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो । अब नेकपा स्थायी समितिको बैठक तुरून्त बसेर यसका समग्र पक्ष र प्रभावको समीक्षा हुनुपर्छ’, उनले लेखेका छन् ।

उनले तत्काल बैठक बोलाएर कोरोना भाइरसको संक्रमण रोकथामका विषयम ाछलफल गरेर पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई निर्देशन दिनुपर्ने बताएका छन् ।

‘साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द–बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ’, उनले लेखेका छन् ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठक बलाउनुपर्ने दबाब परेको छ ।