प्रधानमन्त्रीको प्रस्तावप्रति भीम रावलको आपत्ति

प्रधानमन्त्रीको प्रस्तावप्रति भीम रावलको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेपाली भूमि मिचेर भारतले निर्माण गरेको सडक भाडामा लगाउन सकिने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गरेका छन् ।

नेता रावलले नेपालका अतिक्रमित भूमि प्रमाणसहित भारतसँग वार्ता गर्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्रीको भनाई वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु नै बुध्दिमानी हुने बताएका छन् ।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ,’ रावलले ट्वीट गर्दै लेखेका छन्, ‘अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।’