पश्चिम रुकुम घटनाको निष्पक्ष छानबिन गर्न भीम रावलको माग

पश्चिम रुकुम घटनाको निष्पक्ष छानबिन गर्न भीम रावलको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले पश्चिम रुकुममा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग प्रेम गरेको भन्दै युवतीका आफन्तले हत्या गरेका थिए ।

नेता रावलले प्रेम विवाहको प्रयासका सिलसिलामा घटित घटना निन्दनीय भएको बताएका छन् ।

‘यसको निष्पक्ष छानबीन र अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्छ । राज्यले पीडित परिवारलाई उचित राहत र संरक्षण दिनुपर्छ’, उनले भनेका छन् ।