काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विभिन्न पार्टीले दर्ता गराएको संविधान संशोधन विधेयक दर्तालाई राष्ट्रहित विपरीत भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस, समाजवादी, राजपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका थिए ।
नेता रावजलले निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला पूरानै एजेण्डालाई अघि सारेर संविधान संशोधन गर्नु देशको अखण्डता विपरीत हुने बताए ।
बिहीबार सामाजिकल सञ्जाल ट्वीटरमा गर्दै उनले देश विभाजित गर्ने र विदेशीले सहजै नागरिकता पाउने विषय अस्वीकृत भइसकेको दावी गरेका छन् ।
‘जातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भए,’ उनले लेखेका छन्,’देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ ।’




प्रतिक्रिया