काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले दसैं भत्तावापत पाएको रकम फिर्ता गराएका छन् । उनले दसैं भत्ता वापत पाएको रकम कात्तिक महिनाको पारिश्रमिकबाट काट्ने गरी फिर्ता भएको जानकारी दिए ।
नेता रावलले दसैं भत्ता बापत आफ्नो खातामा पठाइएको रकम ६४ हजार ७० रुपैयाँ कार्तिक महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी संसद सचिवालयमा फिर्ता हुने संघीय संसदको लेखाका कर्मचारीले जानकारी गराएको बताए ।
सांसद रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका थिए ।
खातामा पठाइसकेको ६४ हजार ७० रूपैयाँ रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने सांसद रावलले उक्त पत्रमा उल्लेख गरेका थिए ।





प्रतिक्रिया