भाजपाका नेतासँग वालुवाटारमा वार्ता गरेर प्रधानमन्त्रीले कूटनीतिक मर्यादाको उल्लंघन गरेः भीम रावल

भाजपाका नेतासँग वालुवाटारमा वार्ता गरेर प्रधानमन्त्रीले कूटनीतिक मर्यादाको उल्लंघन गरेः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाको नेपाल भ्रमणबारे आपत्ति जनाएका छन् ।

प्रधानामन्त्री केपी शर्मा ओलीको निर्देशनमा महासचिव विष्णु पौडेलले चौथाइवालाई नेपाल भ्रमणको निम्तो दएका थिए । नेपाल आएलगत्तै उनी प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । उनको भ्रमणलाई लिएर नेकपाभित्र विवाद उत्पन्न भएको छ ।

नेपाल रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई थाहै नदिई निमन्त्रणा गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले चौथाइवालाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस्’, उनले भने ।

केही समय अगाडि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गोप्य भेट गरेको विषयमा पनि नेता रावलले आपत्ति प्रकट गरेका थिए ।