काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेको आरोप लगाएका छन् ।
शनिबार ट्वीटरमार्फत स्थायी कमिटी समिति सदस्यसमेत रहेका नेता रावलले जनता र पार्टीप्रति विश्वासघात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेको आरोप लगाएका हुन् ।
‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्’, नेता रावलले भनेका छन् ।
त्यस्तै उनले प्रधानमन्त्री अोलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका थिए । उनको पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास,प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम जुली कुमारी महतो,महिला बालबालिका र दावा लामाले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
मन्त्रिपरिषदबाट युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयदेख त्रिपाठी स्वास्थ्य मन्त्री, महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।




प्रतिक्रिया