कार्यकर्तालाई भीम रावलको निर्देशनः बहुमत हामीसँग छ, विश्वासका साथ अगाडि बढ्नुहोला

कार्यकर्तालाई भीम रावलको निर्देशनः बहुमत हामीसँग छ, विश्वासका साथ अगाडि बढ्नुहोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् ।

नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरेका छन् ।

नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे ।

नेता रावलले भने, ‘केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।’