काम चलाउ प्रधानमन्त्रीले संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै काम गरेः भीम रावल

काम चलाउ प्रधानमन्त्रीले संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै काम गरेः भीम रावल


काठमाण्डु – नेकपाप्रचण्ड–नेपाल समूहका नेता भीम रावलले काम चलाउ सरकारले संविधान कुल्चेनमात्र काम गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक निकायमा पदाधिकारी नियुक्ति तथा सपथ गराएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै नेता रावलले काम चलाउ प्रधानमन्त्रीको काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने काम मात्रै भएको टिप्पणी गरेका हुन् ।

सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउँदा संविधानमाथि प्रहार भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको एकपछि अर्को स्वेच्छाचारी कार्य बढ्दै गइरहेको बताएका छन् ।

‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ,’ उनले ट्वीटरमा लेखेका छन् ।