काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापा बादलले ‘जु’ मा थुन्ने अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।
शुक्रबार ट्वीटरमार्फत नेता रावलले गृहमन्त्री बादलको अभव्यिक्तिप्रति असन्तुष्टी जनाउँदै केपी ओली ओली तानाशाह बन्ने दुःस्वप्ना देखिरहेको पुष्टि हुने बताएका छन् ।
‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ उनले भनेका छन्, ‘निरंकुशतन्त्र ढल्छ ।’
आज नारायणहिटीमा भएको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका थिए ।
‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ’, थापाले भनेका थिए ।
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 5, 2021




प्रतिक्रिया