राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन्ः भीम रावल

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन्ः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्टा पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावलले राष्ट्रपति र प्रधानमन्त्री राज्य नै नभएको टिप्पणी गरेका छन् ।

बिहीबार साँझ पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले लोकतन्त्रमा गलत कामको आलोचना गर्न पाइने भन्दै राष्ट्रपति र प्रधानमन्त्री नै राज्य नभएको बताएका हुन् ।

‘राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् । ती पदाधिकारीका असंवैधानिक र गलत कामको आलोचना लोकतन्त्रमा गर्नपाइन्छ।आलोचनालाई राज्यविरूद्धको अपराध भन्नु हास्यास्पद छ’, उनले भने ।

नेता रावलले निरंकुशता र दमनले मनपरीतन्त्र नटिक्ने तथ्य नेपालमा पुष्टि भइसकेकाले राष्ट्रपति र प्रधानमन्त्रीले यसको स्मरण गर्नुपर्ने बताए ।

उनले भने, ‘आफैं रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो’, उनले भने ।