काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकबारे असन्तुष्टी जनाएका छन् ।
बुधबार ट्वीटरमार्फत नेता रावलले राष्ट्रपति निवासलाई राजनीतिको भविष्य निर्धारण गर्ने थलोका रुपमा लिन नमिल्ने बताएका छन् ।
‘नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्दैन । यस्तो गलत परिपाटीतर्फ संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने कसैले पनि लाग्न मिल्दैन’, उनले भनेका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेकी थिइन् ।




प्रतिक्रिया