सुदूरपश्चिममा भीम रावलले समानान्तर कमिटी घोषणा गर्दै

सुदूरपश्चिममा भीम रावलले समानान्तर कमिटी घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ ।

सोमबारदेखि धनगढीमा सुरु भएको माधव नेपाल समूहको प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने घोषणा गरेको हो ।

एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा सुरु भएको बैठक आज मंगलबार पनि जारी छ ।

मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए । त्यस्तै आजको बैठकले ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन दिने भएको छ ।

सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्न समेत उनीहरूले नेतृत्वलाई सुझाव दिए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् । बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।