भीम रावलसहित तीन जना मिलेर पार्टीको ३० लाख रकम हिनामिना, मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

भीम रावलसहित तीन जना मिलेर पार्टीको ३० लाख रकम हिनामिना, मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै भीम रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

नेता रावलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ झिकेको भन्दै अध्यक्ष थापाले मुद्दा दर्ता गर्ने तयारी गरेका हुन् । उक्त रकम व्यक्तिको खातामा भेटिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको खातामा ३० लाख रुपैयाँ रकम फेला परेको बताए । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ खाता नम्बरबाट ३० लाख रुपैयाँ झिकेको खुलेको हो ।

उक्त रकम तत्कालिन सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षरबाट रावलको निर्देशनमा उक्त रकम झिकिएको थापाको आरोप छ । उनले रावलसहित चौधरी, सुवेदी र कृषि विकास बैंकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसअघि नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष थापालाई कारबाही गरेको थियाे ।

भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी, पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरेकाे थियाे ।