काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशमा भएको घटनाक्रमले राष्ट्रिय राजनीतिलाई निर्वस्त्र बनाएको टिप्पणी गरेका छन् ।
आइतबार ट्वीटरमार्फत नेता रावलले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुगेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा अोलीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला भएको आरोप लगाएका छन् ।
‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ । प्रमं केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला’, उनले भनेका छन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ।प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला!
— Bhim Rawal, PhD (@BhimRawal179) May 2, 2021




प्रतिक्रिया