देउवासँग प्रधानमन्त्रीको भेटबारे भीम रावलको टिप्पणीः अनैतिक चरित्रको परकाष्ठा

देउवासँग प्रधानमन्त्रीको भेटबारे भीम रावलको टिप्पणीः अनैतिक चरित्रको परकाष्ठा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाली कांग्रेससँग भेट गरेको विषयमा आपत्ति जनाएका छन् ।

बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले पार्टीभित्रका आफ्ना नेताहरुलाई कारबाही गरेर विपक्षीसँग मिल्न जानु गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले दलमा विधान मिच्दै निरंकुशरुपमा नेता र सांसदहरुलाई कारबाही गगर्ने तर, सरकार बचाउन अनुनयविनय गर्नु अनैतिक चरित्रको पराकाष्ठा भएको बताएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वैशाख २७ विश्वासको मत दिन आग्रह गरेका थिए । तर, सभापति देउवाले विश्वासको मत दिन नसक्ने जवाफ दिएका थिए ।

‘प्रधानमन्त्री केपी ओलीले दलमा विधान मिच्दै निरंकुशरुपमा नेता र सांसदहरुलाई स्पष्टिकरण सोध्नु, कारबाही गर्नू र कुनै छलफल परामर्श नगर्नु, तर, विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ’, उनले भनेका छन् ।