काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई बजेट छुट्याएको आपत्ति जनाएका छन् ।
आइतबार ट्वीटमार्फत नेता रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।
उनले एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताएका छन् ।
‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो’ उनले भनेका छन्, ‘यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौँ ।’




प्रतिक्रिया