ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी चरित्र हिजोको मन्त्रिपरिषद हेरफेरमा अझ छताछुल्ल भयोः भीम रावल

ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी चरित्र हिजोको मन्त्रिपरिषद हेरफेरमा अझ छताछुल्ल भयोः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि आफ्ना धारणा सार्वजनिक गर्दै नेता रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्।

‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले ट्वीटरमा भनेका छन् । नेता रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको बताएका छन्।

उनले दुई पटक संविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन् । साथै उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन् ।