काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुन अत्यावश्यक रहेको बताएका छन् ।
आइतबार पूर्व मन्त्रीसमेत रहेका नेता रावलले अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुन अत्यावश्यक रहेको बताएका हुन् ।
उनले मन्त्री भइसकेको व्यक्तिले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार गैरजिम्मेवार बनेको बताएका छन् ।
‘अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ । तर मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको छ । कति गैर जिम्मेवार सरकार !’, उनले भनेका छन् ।




प्रतिक्रिया