काठमाण्डु- नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपूर्व रावलले सांसद पदबाट राजीनामा दिएका हुन् । देउवालाई माधव नेपाल पक्षले समर्थन गर्ने निर्णय गरेको छ ।
नेता रावलले पार्टीलाई मिलाउन लागि परेपनि माधव नेपालबाट असहयोग भएको भन्दै राजीनामा दिएको बताएका छन् । उनले पार्टीलाई मिलाउन १० बुँदे सहमति कार्यान्वयन गर्न खोजे पनि नेपालले असहमति प्रकट गरेको बताए ।
यस्तो छ नेता रावलको राजीनामा पत्रः





प्रतिक्रिया