भीम रावलले आजै राजीनामा फिर्ता लिने


काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आजै राजीनामा फिर्ता लिने भएका छन् । शुक्रवारको प्रतिनिधिसभाकाे बैठक बस्नु अगाडी उपाध्यक्ष रावलले राजीनामा फिर्ता लिने भएका हुन् । उनले १२ बजे सभामुख अग्नि प्रसाद सापकोटाबाट राजीनामा फिर्ता लिने भएका हुन् ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवै सक्रिय थिए ।

नेता रावल एमालेलाई एकतावद्ध बनाउने अभियानमा लागेका थिए । पुर्व गृहमन्त्री समेत रहेका नेता रावलले वरिष्ठ नेता नेपाललाई आफुलाई कार्यदलमा नराख्न आग्रह गर्दा गर्दै नै राखेको र १० बुँदे सहमती पनि उनकै सहमती गरेको भएपनि पछि कांग्रेस सभापति देउवालाई विश्वासको मत दिने निर्णय एकलौटी गरेको भन्दै नेपालसंग असन्तुष्ट थिए ।

नेता र रावलबीच बिहिवार उनकै निवासमा लामो छलफल भएको थियो । दुवै नेताको छलफलपछि उनि राजीनामा फिर्ता लिन तयार भएका थिए । रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले समेत दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement