काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरेका छन् ।
आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारले तत्काल पहल थाल्नुपर्ने माग गरेका हुन् ।
‘अहिलेको परिस्थितीमा कसैको दयामायाले हुँदैन । आफै पहल गर्नुपर्छ, सरकारले चाँडो भन्दा चाँडो नेपालीलाई स्वदेश ल्याउन पहल थाल्नुपर्छ,’ उनले भने ।
अफगानिस्तान कब्जा गरेको तालिवानले अफगान छाड्न चाहानेलाई जान दिने बताएको छ । अमेरिकाले भने अफगानिस्तानको राजधानी काबुलमा रहेको दूतावास खाली गर्न सुरु गरिसकेको छ ।




प्रतिक्रिया