भाजपा नेता चौथाइवालेसँगको भेटबारे भीम रावलको प्रश्न : कुन-कुन नेताले महाकालीमा तुइन खुस्काएको कुरा उठाए ?

भाजपा नेता चौथाइवालेसँगको भेटबारे भीम रावलको प्रश्न : कुन-कुन नेताले महाकालीमा तुइन खुस्काएको कुरा उठाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले र नेपाली नेताहरुको भेटवार्ताबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले कूटनीतिक मर्यादाको सीमा नाघेर चौथाइवालेसंग भेटवार्ता गर्ने कुन–कुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाए ? भन्दै प्रश्न गरेका छन् । उनले भेटवार्तामा राष्ट्रिय हितका विषयमा के के कुरा गरे त्यसमा पनि जनतालाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।

‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,’ उनले प्रश्न गरेका छन्, ‘जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि ?’

एक साता अघि काठमाण्डु आएका चौथाइवालेले सत्तारूढ र प्रतिपक्षी दलका अधिकांश मुख्य नेताहरूसँग भेटवार्ता गरेर  भारत फर्किसकेका छन् ।

का थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, र जनार्दन शर्मा, विष्णु पौडेल, बिमलेन्द्र निधि र वर्षमान पुन लगायतलाई भेटेका थिए ।