काठमाण्ढडु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलामा भारतीय हेलिकप्टर उडेको विषयमा सरकारसँग जवाफ मागेका छन् ।
शुक्रबार ट्वीटमार्फत उपाध्यक्ष रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको सरकारलाई थाहा छ कि छैन् ? भन्दै प्रश्न गरेका छन् । साथै उनले गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
‘दार्चुलामा नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन् ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’, पूर्वरक्षामन्त्रीसमेत रहेका रावलले भने ।
केही दिनदेखी भारतीय हेलिकोप्टरले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमाथि फन्को लगाएको थियो ।
सोही विषयमा बुधबार सुरक्षा समितिको बैठकसमेत बसेको थियो । बैठकले भारतीय उक्त कदमबारे आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट पहल गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया