उपाध्यक्ष भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

उपाध्यक्ष भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यदल सदस्यबाट राजीनामा दिएका छन् । अध्यक्ष रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका हुन् ।

नेकपा एमालेको विवाद समाधानका लागि गठन कार्यदल गठन गरिएको थियो । उनले वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट राजीनामा किन दिएँ भन्ने कुरा सबैले थाहा पाउनु आवश्यक रहेको बताएका छन् ।

‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले भनेका छन्।