भीम रावलको संयोजकमा नेपाल समूहले बनायो सुदूरपश्चिमका ८ जिल्लामा समानान्तर कमिटी

भीम रावलको संयोजकमा नेपाल समूहले बनायो सुदूरपश्चिमका ८ जिल्लामा समानान्तर कमिटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । भीम रावलको संयोजकमा नेपाल समूहले मंगलबार सुदुरपश्चिमका ९ मध्ये ८ जिल्लामा समानान्तर कमिटी गठन गरेको हो ।

नेपाल समूहको एमाले प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने जानकारी दिए । कमिटीको विस्तारित स्वरूपबारे केही दिनमै पत्रकार सम्मेलन गरिने उनले बताए ।

यी हुन् नेपाल समूहले बनाएका जिल्ला अध्यक्षहरूः
कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला –तोक्न बाँकी