एमाले बैठकमा रावल र भुसालले भने– एमसीसी र चोलेन्द्रलाई बोकेर जान सकिँदैन

एमाले बैठकमा रावल र भुसालले भने– एमसीसी र चोलेन्द्रलाई बोकेर जान सकिँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसदहरुले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बोकेर’ चुनावमा जान नहुने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै नेता घनश्याम भुसाल र भीम रावल लगायतले महाभियोग प्रस्तावको सामाना गरिरहेका प्रधानन्यायाधीश राणा र एमसीसीलाई पार्टीले बोकेर हिँड्न नहुने नसकिने धारणा राखेका हुन् ।

नेता रावलले एमसीसी र चोलेन्द्रलाई बोकेर हिँड्न नहुने बताए । ‘एमसीसी राष्ट्रिय हित विपरित छ । यसलाई र न्यायालाय बदनाम गराउने चोलेन्द्रलाई बोकेर हामी कहाँ पुग्छौं ?,’ रावलले प्रश्न गरे । त्यस्तै नेता भुसालले पनि एमसीसी र चोलेन्द्रलाई बोकेर निर्वाचनमा जान नसकिने प्रतिक्रिया दिए ।

‘चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा गएपछि पार्टीको के हुन्छ ? त्यो भयंकर बल्डन्र हुन्छ । त्यो नगरौँ,” बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग भने ।