ओलीलाई भीम रावलको प्रश्नः अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने ?

ओलीलाई भीम रावलको प्रश्नः अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै उपाध्यक्ष रावलले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

उनले आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना भएको र त्यस बैठकका निर्णयहरू अवैध र अमान्य हुने उल्लेख गरेका छन् ।

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ । यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’ रावलले ट्वीटरमा लेखेका छन् ।