भीम रावल माधव नेपाल निवासमा, कार्यदल बैठक पर धकेलियो

भीम रावल माधव नेपाल निवासमा, कार्यदल बैठक पर धकेलियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका कार्यदलको बैठक केहि समय पर धकेलिएको छ । नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

उनी नेपालसँग परामर्श गर्न नेपाल निवास पुगेपछि कार्यदलको बैठक केहि समय पर धकेलिएको हो । यसअघि बिहान ८ बजेका लागि तय भएको बैठक १० बजेलाई सारिएको थियो । तर, रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल सम्मिलित १० सदस्यीय कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । सोमबार र मंगलबार बसेको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठक सकारात्मक भएपनि ठोस सहमति भने हुन सकेको छैन ।