काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र भीम रावल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
मंगलबार साँझ नेता नेपाल र रावल सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । नेकपा एमालेको नेपाल समूह केपी ओली नेतृत्वको सरकारको विकल्पमा रहेको छ ।
माधव नेपाल भीम रावललगायतका केही नेताहरु ओलीको विरुद्धमा छन् भने नेपाल समूहकै योगेश भट्टराई, घनश्याम भुसालसहितका नेता यही सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
यसअघि माधव नेपालले देउवालाई आफूहरुले सांसद पदबाट राजीनामा दिएर भए पनि सघाउने बचन दिएका थिए ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकले देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने निष्कर्ष निकालेको थियो ।




प्रतिक्रिया