‘रअ’ प्रमुखलाई प्रधानमन्त्रीले राति ‘सुटुक्क’ भेट्नु देशको मर्यादाविपरितः भीम रावल

‘रअ’ प्रमुखलाई प्रधानमन्त्रीले राति ‘सुटुक्क’ भेट्नु देशको मर्यादाविपरितः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखको भेटलाई लिएर आपत्ति जनाएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले रअ प्रमुखलाई राति निवासमा भेट्ने कुरा ठिक नभएको भन्दै आपत्ति जनाएका हुन् ।

‘भारतीय गुप्तचर प्रमुख नेपाल आए, यसबारेमा सरकारले कुनै पनि जानकारी गराएको थिएन,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले राति निवासमा भेट्नु प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादाविपरित हो । हाम्रो स्वतन्त्र परराष्ट्र नीति विरुद्ध हो ।’ रअका प्रमुख सामन्तकुमार गोयल एक महिना पहिले नेपाल भ्रमणमा आएका थिए ।

नेता रावलले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणलाई लिएर समेत प्रश्न उठाएका छन् । उनले रक्षामन्त्री फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने भन्दै उनले भने, ‘विमानस्थलमा लिन र छोड्न मन्त्री जाने, अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ ।’

उनले एउटा मन्त्रीको प्रतिनिधिमण्डल स्तरको वार्ता प्रधानसेनापतिसँग हुने चलन पहिलोपटक सुनेँको बताए ।