भीम रावललाई सूर्य थापाको प्रश्न : राष्ट्रवादको बहसमा बुझेर उत्रिनु भएको हो त ?

भीम रावललाई सूर्य थापाको प्रश्न : राष्ट्रवादको बहसमा बुझेर उत्रिनु भएको हो त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केद्रीय सदस्य सूर्य थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याथी समिति सदस्य भीम रावलमाथि फेरि खनिएका छन् ।

सामाजिक सञ्जाल फेसकुबमार्फत थापाले रावलका दुई कविता सेयर गर्दै एउटाको प्रशंसा र एउटाको आलोचना गरेका हुन् ।

नेता रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र केहीदिनअघि मात्रै लेखेको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सेयर गरी तुलना गरेका थिए ।

सोही विषयलाई लिएर थापाले व्यंग्यमिश्रित जवाफ दिएका छन् । थापाले नेता रावललाई राष्ट्रवादको बहसमा बुझेर उत्रिनु भएको हो त ? भन्दै प्रश्नसमेत गरेका छन् ।

थापाले लेखेका छन्, ‘यी दुई कविताको पुरानो र नयाँ कवि तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ । म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ । तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भर्त्सना मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन ।’

थापाले रावललाई पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो ? भन्दै प्रश्न गरेका छन् ।

थापाले भनेका छन् ‘तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि ? विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन । आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि ।’

थापाले अन्तिममा तपाई कै सहप्रवक्ता भनी टुंग्याएका छन् । उनले पार्टीको सहप्रवक्ता जस्तो महत्वपूर्ण जिम्मेवारीमा आफू रहेको भनी रावललाई स्मरण गराउन खोजेको देखिन्छ ।