सिके राउतसंग सरकारले गरेको सहमतीप्रति भिम रावलको असन्तुष्टि


काठमाडौं– पुर्व रक्षामन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । सरकारले सिके राउतसंग ११ बुंदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका हुन ।

नेकपाका नेता समेत रहेका पुर्वमन्त्री रावलले विगतमा सिके राउतले देश टुक्र्याउने भनेर दिएका अभिव्यक्ति गलत थिए भनेर स्विकार नगर्नु रहस्यपूर्ण भएको बताए ।

नेता रावलले लेखेका छन्, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनि नभनिनु को रहस्य खोजौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement