काठमाण्डु– प्रतिनिधिसभा विघटनको निर्णय गैरसंवैधानिक भएको दावीसहित नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । नेकपा स्थायी कमिटीका सदस्यहरू भीम रावल र देव गुरुङ सर्वोच्च प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन सर्वोच्च अदालत गएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दायर भइसकेको छ । उक्त रिटमाथि भोलि बुधवार सुनुवाइ हुंदैछ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेताहरुले प्रतिनिधीसभा विघटन गर्ने अधिकार संविधानमा प्रधानमन्त्रीलाई नभएको दावी गर्दै आएका छन् ।




प्रतिक्रिया