काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाका कारण संसदको अधिवेशन रोक्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदको अधिवेशन रोक्न माग गरेका हुन् ।
उनले युरोप, अमेरिकाजस्ता देशहरू त्रसित भएको अवस्थामा नेपालले तत्काल भिड जम्मा हुने विद्यालय, संसदजस्ता ठाउँहरू बन्द गर्न पनि माग गरे ।
‘मास बढी भएको ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्छ । स्कूलहरु बन्द गर्नुपर्यो । यदी हामीले यो संक्रमण रोक्न सकेनौं भने र यो भाइरस नेपालमा छिर्यो भने हामीसँग केही पनि पूर्वाधार छैन्’ उनले भने, ‘अमेरिका, युरोप यो भाइरसबाट त्रसित छन् । नेपालसँग केही पनि छैन् । सरकार के हेरेर बसेको छ ? सरकार एक्सनमा आएर यो संसद पनि बन्द गर्नुपर्यो ।’




प्रतिक्रिया