पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसचिव भिम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उनीविरुद्ध आइतबार साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता भएको थियो । उनी आजै धरौटी बुझाएर रिहा भइसकेका छन् ।

सोमबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीश भरतमणी खनालको इजलाशले उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार आननद श्रेष्ठले बताए ।

गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो ।