पूर्वसचिव भीम उपाध्याविरुद्ध मुद्दा दर्ता

पूर्वसचिव भीम उपाध्याविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसचिव भीम उपाध्याविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा दर्ता भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

भोलि उपाध्यायको बयान र थुनछेक बहस हुनेछ । साइबर क्राइमको अभियोगमा प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै पक्राउ गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो ।