पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।

विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट अनुमति पाएको हो ।

उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली गरेको, सरकारकाविरुद्ध बोलेको आरोप छ । उनले सरकारका कामकारबाहीका बारेमा आलोचनात्मक टिप्पणी गर्दै आइरहेका थिए ।