काठमाडौं – पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले भर्खरै पूर्वसचिव उपाध्यायलाई पक्राउ गरेको छ ।
उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली गरेको, सरकारकाविरुद्ध बोलेको आरोप छ । उनले सरकारका कामकारबाहीका बारेमा आलोचनात्मक टिप्पणी गर्दै आइरहेका थिए ।
उनले पछिल्लो समय नेता र कर्मचारीलाई लक्षित गरेर पोष्ट गर्ने गरेका थिए । सामािजक सञ्जाल फेलबुकमाफृत उनले भनेका थिए, ‘नेताहरू कर्मचारीको सबैभन्दा ठूलो उत्प्रेरक हुनुपर्नेमा ती नेपालमा कर्मचारीको सबैभन्दा ठूलो प्रतिद्वन्दी बनेका छन् । यहॉ आफ्नो ड्युटी र पेशामा हैन, नेताहरूको खेदाई ब्यवस्थापन गर्नमा नै कर्मचारीको सारा बुद्धि र समय तिगडमबाजीमा खर्चिनु पर्छं ।’
त्यस्तै उनले टेकु प्रयोगशालाका विज्ञ डा. श्रवणकुमार मिश्रलाई मन्त्रालय तानेर कामविहीन बनाइएकोभन्दै पोष्ट गरेका थिए । उनले भनेका थिए, ‘भाइरसले होस उडाईरहेको बेलामा टेकु प्रयोगशालाबाट स्वास्थ्य मन्त्रालय तानेर कुनै काम नदिई हल्लाएर राखिएको अर्का भाइरस विज्ञ डा. श्रवणकुमार मिश्र पनि छन् ।’







प्रतिक्रिया