काठमाण्डु – अधिवक्ता भीमार्जुन आचार्यले एउटै व्यक्ति दुईपटक प्रधानमन्त्री हुन नमिल्ने बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट आइतबार बहस गर्दै आचार्यले एउटै व्यक्तिले संविधानका सबै धारा प्रयोग गरेर प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन् ।
उनले इजलासमा प्रधानमन्त्री पद रिक्त नभई धारा ७६ (५) मा जान नमिल्ने दलील प्रस्तुत गरे । ‘धारा ७७ र ७६ (४) अन्तर्गत मात्रै पदमुक्त हुन्छ । यो दुइवटै अवस्थाबाट प्रधानमन्त्री पदमुक्त नभएको अवस्थामा नयाँ सरकार निर्माण आह्वान गर्न मिल्दैन । एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को छान्न संविधानले दिँदैन ।’
‘म्यान्डेटरीलाई कुल्चेर अघि बढियो । म्यान्डेटरी ड्युटी कम्पलसरी हो । ४ म्यान्डेटरी हो । अनि मात्रै ५ को प्रोसेस सुरू हुन्छ’, उनले भने । उपधारा ५ मा (२) लाई ’कोट’ गर्नुको कारण बहुमत प्राप्त गर्ने सदस्यलाई भन्ने रहेको आचार्यको दलील थियो । उपधारा ५ र २ लाई एउटै अवस्थामा बुझ्न नहुने उनले बताए ।
उनले भने, ‘२ किन प्रयोग भन्दा ५ मा पनि विश्वासको मत प्राप्त गर्ने आधार र २ मा पनि बहुमतको विश्वास प्राप्त गर्ने भन्ने छ ।’ आचार्यले फागुन ११ को फैसलामै अभ्यासगत रूपमै हाउसमा गर्नुपर्ने उल्लेख भएको भन्दै अहिले त्यो पालना भएको बताए ।




प्रतिक्रिया