काठमाण्डु — संविधानविद भिर्माजुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान गर्न सक्ने संवैधानिक व्यवस्था नभएको स्पष्ट पारेका छन् ।
बिहीबार साँझ ट्वीटरमार्फत संविधानविद् आचार्यले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्दैने सपष्ट पारेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा अोलीले संसद् विघटन गर्न खोजेको आशंका गरेका छन् ।
‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन । राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन । नियत नै ७६(३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो’, उनले भनेका छन् ।




प्रतिक्रिया