काठमाण्डु – संविधानविद् भीमार्जुन आचार्यले कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले सरकारको यो कदमलाई संविधानविपरीत काम भएको बताएका छन्।
सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भएको छ । एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको अनुमान गरिएको छ । एमाले नेता माधव नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाको सल्लाहमा अध्यादेश ल्याइएको हो ।
संविधानविद् आचार्यले अध्यादेश ल्याएर सरकारले संविधानप्रति नै जालसाजी भएको आरोप लगाएका छन् ।
आचार्यले टिवटरमा लेखेका छन् ‘ हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुंदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो । ’




प्रतिक्रिया