काठमाण्डु – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् ।
पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीनजना आकांक्षी छन् । जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन् । परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका साउदको पक्षमा देउवा उभिएका हुन् ।
उनलाईलाई देउवा पत्नी आरजु देउवा राणाको पनि समर्थन छ । यस्तै, जिल्ला पार्टी सभापति मल्लको समूहबाट करुणाकर भट्टको नाम चर्चामा छ ।
डडेल्धुरामा तेस्रो धारको नेतृत्व तहमा रहेका हरिप्रसाद पनि सभापतिको दौडमा छन् । उनी पेसाले अधिवक्ता हुन् । सभापतिका आकांक्षी तीनैजना आ–आफ्नो पक्षधर नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
कांग्रेस सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले आरोप लगाए । उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्योल उत्पन्न भएको जिकिर गरेका छन् ।




प्रतिक्रिया