ओली पक्षसंग छलफल गर्न नेपाल तयार भएपछि भोली भीम रावलले राजीनामा फिर्ता लिने


काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । रावल शुक्रवार राजीनामा दिने आफ्नो निर्णय फिर्ता लिने तयारीमा रहेको स्रोतले बतायो । प्रतिनिधि सभाको शुक्रवारको बैठक बस्नु अगाडी उनको राजीनामा फिर्ता हुने नेपाल निकट नेताले बताए ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवै सक्रिय छन् ।

नेता रावल एमालेलाई एकतावद्ध बनाउने अभियानमा लागेका थिए । पुर्व गृहमन्त्री समेत रहेका नेता रावलले वरिष्ठ नेता नेपाललाई आफुलाई कार्यदलमा नराख्न आग्रह गर्दा गर्दै नै राखेको र १० बुदे सहमती पनि उनकै सहमती गरेको भएपनि पछि कांग्रेस सभापति देउवालाई विश्वासको मत दिने निर्णय एकलौटी गरेको भन्दै नेपालसंग असन्तुष्ट थिए ।

नेता र रावलबीच बिहिवार उनकै निवासमा लामो छलफल भएको थियो । दुवै नेताको छलफलपछि उनि राजीनामा फिर्ता लिन तयार भएका हुन । रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले समेत दबाब दिएका थिए ।

नेता नेपाल पार्टी अध्यक्ष ओलीपक्षसंग एकता प्रक्रिया अघि बढाउन सहमत भएपछि रावल राजीनामा फिर्ता लिन तयार भएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement