सरकारलाई भीमसेन दासको चेतावनी :काठमाडौँका जनता जागेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठी विधेयक ल्याएको भन्दै सो विधेयक फिर्ता गर्नुको विकल्प नभएको बताएका हुन् ।

राजधानीमा गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भईरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए। ‘काठमाडौमा आन्दोलनको हुरी चल्दैछ। बादल गर्जिदै छ दिनका दिन आन्दोलनको’, उनले भने, ‘विधेयक तुरुन्तै फिर्ता गरि सरोकारवालाहरुसँग विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कसलाई कहाँ पुर्याउछ भनेर भन्न सकिन्न।’

पूर्व मन्त्री समेत रहेका भीमसेन दासले भने,काठमाडौँ उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए। ‘काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन’, उनले भने, ‘हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन। संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’  काठमाडौं ६ बाट निर्वाचित सांसद प्रधानले भने, ‘काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।’  गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप समेत  लगाए।

प्रतिक्रिया दिनुहोस
Advertisement