धितोपत्र बोर्डका अध्यक्षमाथिको छानबिन पूरा, समितिले बुझायो प्रतिवेदन


काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि छानबिन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको छ । मंगलबार छानबिन समितिले सो प्रतिवेदन अर्थमन्त्री शर्मालाई बुझाएकाे हाे ।

सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा ढुंगाना विवादित बनेका थिए । बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

सरकारले उक्त आरोपमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका क्रममा तयार पारिएको अध्ययन प्रतिवेदन हेरेर अर्थ मन्त्रालयले निर्णय लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement