भोजपुरमा पहिरोले घर पुरिएर एकै परिवारका तीनको मृत्यु

भोजपुरमा पहिरोले घर पुरिएर एकै परिवारका तीनको मृत्यु

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – लगातारको वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरायसी कामले श्रीमान गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीको भनाई छ।